बङ्गलादेशविरुद्ध ९ विकेटको जित निकाल्दै श्रीलंकाले जित्यो स्वर्ण

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट तर्फ श्रीलंकाले बङ्गलादेशलाई पराजित गर्दै स्वर्ण पदक जितेको छ।

त्रिवि खेल मैदान किर्तिपुरमा आइतबार भएको पुरुष क्रिकेट तर्फकोे खेलमा श्रीलंकाले बङ्गलादेशलाई ९ विकेटले हराउदै स्वर्ण जितेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको बङगलादेश यु–२३ को टोलीले २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ५० जोडेको थियो। बङगलादेशले दिएको १ सय ५१ रनको लक्ष्यलाई पछ्याउन मैदान आएको श्रीलंकाको यु–२३ टोलीले १६ दशमलब १ ओभरमा १ विकेटको नोक्सानीमा १ सय ५१ रन जोड्दै जित हासिल गरेसंगै स्वर्ण पदक जित्यो। ह

हार बेहोरेको बङगलादेशले रजत पदक जित्दा नेपालले कास्य पदक हात परेको छ ।

प्रकाशित मिति: : 2019-12-08 15:52:23

प्रतिकृया दिनुहोस्