अवैध रुपमा भित्र्याइएको साढे ४ लाखको सुर्तीजन्य पदार्थ बरामद

फाइल तस्बिर

भारतबाट अवैध रुपमा भित्र्याइएको करिब साढे ४ लाख मूल्य बराबरको सुर्तीजन्य पदार्थ प्रहरीले नेपालगंजबाट बरामद गरेको छ।

आइतबार बिहान नेपालगंज उपमहानगरपालिका–१६ जयसपुरबाट करिब ३ लाख १० हजार मूल्य बराबरको १५।५ क्विन्टल र उक्त स्थान भन्दा करिब ३० मिटर टाढा परालमा लुकाएर राखेको अवस्थामा थप १ लाख ४० हजार मूल्य बराबरको सुर्तीजन्य पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ।

इतराम बाबा मन्दिर पछाडि लुकाएर राखेको अवस्थामा वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले सो परिमाणको सुर्तीजन्य पदार्थ बरामद गरेको हो। यस सम्बन्धमाअनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: : 2019-12-08 14:52:45

प्रतिकृया दिनुहोस्