महिला क्रिकेट: श्रीलंकालाई २ रनले पराजित गर्दै बंगलादेशले जित्यो स्वर्ण

तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा बंगलादेशले स्वर्ण पदक जितेको छ।

आइतबार पोखरा रंगशालामा भएको फाइनल खेलमा श्रीलंकालाई २ रनले पराजित गर्दै बंगलादेशले स्वर्ण जितेको हो।

बंगलादेशले दिएको ९२ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो।

नेपालले भने कास्य पदक जितेको छ।

प्रकाशित मिति: : 2019-12-08 14:28:02

प्रतिकृया दिनुहोस्