जुडो: इन्द्र र सन्जित फाइनलमा

फाइल तस्बिर

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जुडोमा नेपालका इन्द्र बहादुर श्रेष्ठ र सन्जित डंगोल फाइनलमा प्रवेश गरेका छन्।

लगनखेलस्थित आर्मीको कभर्डहलमा पुरुष ६६ केजी मुनिको सेमिफाइनलमा इन्द्रले पाकिस्तानका खेलाडी हुसेनलाई १–० ले पराजित गरे। 

अब इन्द्रले भारतका जस्लिन सिंहसँग स्वर्ण पदकको लागि भिड्नेछन्।

पुरुषतर्फ ७३ केजी मुनि सन्जितले बंगलादेशका अमिरुल इस्लामलाई इप्पोन हान्दै फाइनलमा स्थान पक्का गरे।

अब सन्जितले श्रीलंकाका चामरा नुवसँग खेल्ने छन्।

प्रकाशित मिति: : 2019-12-08 14:14:45

प्रतिकृया दिनुहोस्