ट्रकको ठक्करबाट छात्रा घाइते हुँदा कोहलपुर तनावग्रस्त, ९ प्रहरी घाइते

बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट छात्रा घाइते भएपछि उत्पन्न तनावले उग्र रुप लिएको छ।

प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन्।

शाही लगायतको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्द घाइते भएकी थिइन्। 

आक्रोशित विद्यार्थी र स्थानीयहरुले ठक्कर दिने ट्रकमा आगजनी गर्नुका साथै करिब ७ वटा सवारीका साधानमा तोडफोड गरेका छन्।

विद्यार्थीहरुले राजमार्ग र सडक ठप्प पारेका छन्। प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर नै गरेका छन्।

तीब्र गतिमा रहेको ट्रकले प्रकृतिलाई ठक्कर दिइ घाइते बनाएको अवस्थामा ब्याक गरेर पुनः किचेको स्थानीयले जनाएका छन्।

घटनाबारे जानकारी गराउन जाँदा स्थानीय प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीले उल्टै अभद्र व्यवहार देखाएको पनि स्थानीयहरुको भनाइ छ ।

 

प्रकाशित मिति: : 2019-12-08 13:47:30

प्रतिकृया दिनुहोस्