चाबहिल-साँखु सडकखण्ड निर्माणमा ढिलाइ भएको भन्दै फेरि स्थानीय आन्दोलित

तस्बिर: बिएल

चाबहिल-साँखु सडकखण्ड निर्माणमा ढिलाइ भएको भन्दै फेरि स्थानीय आन्दोलित भएका छन्। सास्ती भएको भन्दै आइतबार पनि सवारी आवागन नै रोकेर सर्वसाधारण सरकारको काम गराईको विरोधमा थलीमा टायर बालेर प्रदर्शन गरेका हुन्।

चाबहिलदेखि साँखुसम्मको कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर छ। त्यसमध्ये सानो खण्ड मात्रै कालोपत्रे भएको छ। बाकीँ पुरै सडक कच्ची छन्। विसं २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउन काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ठेक्का दिएको थियो।

तर, मुआब्जा विवादका कारण सडक विस्तारको काम केही समय प्रभावित भयो। सरकारले उपलब्ध सडक सीमामै कालोपत्रे गर्ने निर्णय गरेपछि पनि कामले अझै गति लिएको छैन।

लामो समयदेखि धुलो र हिलोको मारमा परेका स्थानीयबासिन्दाले यसअघि पनि पटकपटक सडकमा उत्रिएर विरोध जनाइसकेका छन्।

प्रकाशित मिति: : 2019-12-08 11:00:55

प्रतिकृया दिनुहोस्