मोरङमा एक वृद्धको शव जलेको अवस्थामा फेला

तस्बिर: बिएल

मोरङमा एक वृद्धको शव जलेको अवस्थामा भेटिएको छ। गएराति विराटनगर महानगरपालिका–२ सनिहाटस्थित आफ्नै घरमा सुतेका करिब ७० वर्षीय वृद्ध जयप्रसाद दाहालको जलेर मृत्यु भएको हो।

मोरङका डीएसपी घनश्याम श्रेष्ठका अनुसार वृद्ध बिहान नउठेपछि छिमेकी उनको घरमा पुग्दा जलेको देखेर प्रहरीलाई खबर गरेका थिए।

घरमा एक्लै भएकाले ग्याँस लिक भएर आगलागी हुँदा उनको मृत्यु भएको आशंका प्रहरीले गरेको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2019-12-08 10:42:50

प्रतिकृया दिनुहोस्