बर्नलीमाथि टोटनह्यामको शानदार जित, ह्यारी केनले गरे दुई गोल

तस्बिर:एजेन्सी

इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले बर्नलीमाथि शानदार जित दर्ता गरेको छ।

टोटनह्यामले गएराति भएको खेलमा बर्नलीमाथि ५–० को शानदार जित निकालेको हो। टोटनह्यामका लागि ह्यारी केनले २ तथा लुकास मोउरा, सन हेङ्ग–मिन र मोउसा सिसोकोले एक एक गोल गरे।

घरेलु मैदानमा जोसे मोरिन्हो नेतृत्वमा रहेको टोटनह्यामले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल गरेको हो।

खेलको चौथो मिनेटमा नै केनले अग्रता दिलाएका थिए। त्यसको पाँच मिनेट पछाडि नै लुकासले अग्रता दोब्बर बनाए।

३२ औं मिनेटमा सानले अग्रता ३–० मा पुर्याए। यस्तै ५४ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दा टोटनह्यामले अग्रता ४–० को लिएको थियो। त्यस्तै खेलको ७४ औं मिनेटमा सिसोकोले गोल गर्दै ५–० को जित दिलाए।

जितपछि टोटनह्याम १६ खेलबाट २३ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ।

 

 

प्रकाशित मिति: : 2019-12-08 09:22:38

प्रतिकृया दिनुहोस्