सागको आठौं दिन: फुटबलसहित विभिन्न १५ खेल हुँदै, कुन खेल कहाँ ?

फाइल तस्बिर: बिएल

नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आठौं दिन आज (आइतबार) विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ।

सागमा आइतबार फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ,स्क्वास,आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुनेछ ।

जसमा महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ। कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ।

पदक तालिकामा सातौं दिनसम्म भारतले ११९ स्वर्णसहित अग्रता बनाएको छ । ४३ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।

फुटबल:

पुरुष फुटबलतर्फ आइतबार नेपालले बंगलादेशको सामना गर्दैछ। नेपाल र बंगलादेशबीचको विजेताले फाइनल पुग्ने अर्काे टिमको टुंगो लाग्नेछ।

भुटान यसअघि नै फाइनल पुगिसकेको छ।

क्रिकेट:

क्रिकेट अन्तर्गत महिला क्रिकेटमा आइतबार स्वर्ण पदकको लागि टेष्ट राष्ट्र श्रीलंका र बंगलादेश भिड्दै छन्।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पुरुष क्रिकेटमा टेष्ट राष्ट्र श्रीलंका यू-२३ र बंगलादेश यू-२३ बीच प्रतिस्पर्धा हुनेछ। लिग चरणको अन्तिम खेल बिहान ११ बजे सुरु हुनेछ ।

एक खेल अगाबै श्रीलंका र बंगलादेश फाइनल पुगिसकेका छन्।

जुडो:

साग अन्तर्गत जुडोको खेल आइतबारबाट सुरु हुँदैछ। आठौं दिनमा आएर सुरु भएको पहिलो दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ। खेल त्रिभुवन आर्मी क्लबको शारिरीक तथा प्रशिक्षण केन्द्रमा हुनेछ ।

बक्सिङ:

बक्सिङमा आइतबार विभिन्न १४ तौल समूहको सेमिफाइनल खेल हुनेछ । जसमा नेपालले ६ तौल समूहमा प्रतिस्पर्धा गर्नेछ ।

भारोत्तोलन:

भारोत्तोलनमा आइतबार पनि विभिन्न स्पर्धा हुनेछ। पोखरामा हुने खेलमा पुरुषको ३ र महिलाको २ स्पर्धा हुनेछ। पुरुष तर्फ १०२ केजी, १०९ केजी र १०९ केजी माथि तौल समुहको खेल हुनेछ। यस्तै महिलामा ८७ केजी र ८७ केजी माथिको तौल समुहका खेल हुनेछ।

ह्याण्डबल:

ह्याण्डबलमा आइतबार अन्तिम दिन स्वर्ण र कास्य पदकको लागि खेल हुनेछ। महिलातर्फको स्वर्णका लागि नेपाल र भारत खेल्ने छन्। पुरुषतर्फ भारतले पाकिस्तानको सामना गर्ने छ।

सुटिङ:

सागको आठौं दिन सुटिङतर्फ एक मात्रै खेल रहेको छ। सातदोबाटोस्थित सुटिङ हलमा एयर पेस्तोल खेल हुने । दुई चरणमा खेलाईने खेलको फाइनल आइतबार नै हुनेछ।

स्क्वास:

स्क्वासतर्फ आइतबार महिला पुरुष तथा टिम इभेन्टमा प्रतिस्पर्धा हुँदैछ। सातदाबोटोस्थित स्क्वास हलमा हुने खेलमा नेपालले टिम इभेन्ट तर्फमात्रै खेल्नेछ। फाइनल खेलमा भारत र पाकिस्तान भिड्नेछन्।

टेनिस:

टेनिसमा आइतबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ। सातदोबाटोस्थित लनटेनिस कोर्टमा आइतबार विभिन्न स्पर्धाको फाइनल खेल हुनेछ।

कुस्ती:

कुस्तिको खेल जनकपुरमा आइतबार पनि हुनेछ। नेपालले एक स्वर्ण जितिसकेको छ।

बिच भलिबल:

बिच भलिबलमा आइतबार सेमिफाइनल र फाइनलका खेलहरु हुनेछन्। महिला र पुरुषमा दुवै तर्फा उपाधिका लागि खेल्ने छन्।

बास्केटबल :

बास्केटबलमा आइतबार पनि लिग चरणको विभिन्न खेल हुनेछ।

आइतबार नेपालले पुरुषमा माल्दिभ्ससँग खेल्ने छन्। महिलामा नेपालले भुटानसँग खेल्नेछ।

यस्तै थ्री बाई थ्री बास्केटबलको महिलामा नेपालले श्रीलंका र भारतसँग खेल्नेछ। पुरुषमा नेपालले भारतसँग खेल्नेछ।

पौडी:

पौडीमा आइतबार विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ।

आर्चरी:

आर्चरीमा आइतबार विभिन्न खेलहरु हुने छ। आइतबार विभिन्न विधामा फाइनल खेल हुनेछ।

फेन्सिङ:

फेन्सिङमा आइतबारदेखि टिम इभेन्टका प्रतिस्पर्धा सुरु हुनेछ।

प्रकाशित मिति: : 2019-12-08 08:45:53

प्रतिकृया दिनुहोस्