१० खेलाडीमा सिमित मोन्टपेल्लियरविरुद्ध पीएसजीको शानदार जित, नेयमारले गरे उत्कृष्ट प्रदर्शन

तस्बिर:एजेन्सी

पेरिस सेन्ट जर्मेन (पीएसजी) पीएसजीले फ्रेन्च लिग वानमा जित हासिल गरेको छ।

गएराती सम्पन्न खेलमा पीएसजीले १० खेलाडीमा समेटिएको मोन्टपेल्लियरलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। पीएसजीको जितमा नेयमार जे आर,केलिन एम्बापे र माउरो इकार्डीले एक एक गोल गरे। यस्तै मोन्टपेल्लियरका लागि लीनड्रो परेडेजले गोल गरे।

परेडेजको आत्मघाती गोलबाट खेलको ४१औं मिनेटमा मोन्टपेल्लियरले अग्रता लियो। पहिलो हाफ १–० ले पछाडी पेको पीएसजीले दोस्रो हाफमा उत्कृष्ट कम ब्यक गर्यो।

मोन्टपेल्लियरका पेड्रो मेंड़ेज खेलको ७२औं मिनेटमा रातो कार्ड खाएर बाहिरिदा १० खेलाडीमा सिमित भयो। ७४ औं मिनेटमा नेयमारको गोलबाट पीएसजीले खेल बराबरीमा ल्यायो।

७६औं मिनेटमा नेयमारको असिस्टमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए। ८१औं मिनेटमा इकार्डीले अर्को गोल गर्दै पीएसजीले मोन्टपेल्लियरलाई १–३ गोल अन्तरले स्तब्ध बनायो।

जितसँगै पीएसजीको १६ खेलमा ३९ अंक भएको छ। पीएसजी शिर्ष स्थानमा कायम रहेको छ।

त्यस्तै मोन्टपेल्लियरको भने १७ खेलमा २४ अंक छ भने लिगको आठौ स्थानमा छ।

प्रकाशित मिति: : 2019-12-08 07:45:33

प्रतिकृया दिनुहोस्