म्यानचेस्टर 'डर्बी भिडन्त'मा युनाइटेडको जित

तस्बिर:एजेन्सी

इंग्लिस प्रसमयर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटीलाई म्यानचेस्टर युनाइटेडले पराजित गरेको छ।

आइतबार राति भएको म्यानचेस्टर डर्बी भिडन्तमा युनाईटेडले सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो। युनाईटेडको जितमा राष्फोर्ड र एन्थोनी मार्सियलले एक एक गोल गरे। यता सिटीका लागि निकोलस ओटामेन्डीले एक गोल फर्काए।

सिटीको मैदानमा राष्फोर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई २३ औं मिनेटमा अग्रता दिलाएका थिए। २९ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई २–० को अग्रता दिलाए। पहिलो हाफ २–० ले पछाडि परेको सिटीले दोस्रो हाफमा एक गोल फर्कायो।


खेलको ८५ औं मिनेटमा ओटामेन्डीले एक गोल फर्काएका हुन्।

जितसँगै युनाइटेडले १६ खेलबाट २४ अंक जोडेको छ । युनाइटेड लिगको पाँचौं स्थानमा रहेको छ। सिटी ३२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-12-08 07:01:34

प्रतिकृया दिनुहोस्