रेडक्रसको ५५ औं स्थापना दिवसः पार्सामा २१ जनाले गरे रक्तदान

बिएल

नेपाल रेडक्रस सोसाइटी पर्साले शनिबार ५५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ। दिवसको अवसरमा झन्डोतोलन, रक्तदान, शुभकामना आदानप्रदानसहित दिप प्रजवलन कार्यक्रमको आयोजना गरिएको हो।

नेपाल रेडक्रस प्रदेश २ का अध्यक्ष फुलमहम्मद मियाले रेडक्रसको झन्डा झन्डोतोलन गरि रेडक्रसका जन्मदाता जा हेनरी ड्युनाको तस्बिरमा फुलमाला अर्पण गरि गरेका थिए।

प्रदेश २ का अध्यक्ष मियाले रक्तदान गर्ने ब्यागलाइ पर्सा शाखाका सभापति बिरेन्द्र राज कंडेल र मन्त्री शैलेन्द्र कुमार चौरसियालाई हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरेका थिए।

स्थापना दिवसको अवसरमा बिरेन्द्र राज कंडेल, शैलेन्द्र कुमार चौरसिया, सिवानी श्रेष्ठ, राजिव गुप्ता, शिभव अर्याल, राजु स्वर्णकार, गङ्गा भट्टराई, आस्था तामाङ, असलोक सिह लगायत ५ महिला सहित २१ जनाले रक्तदान समेत गरेका थिए ।

दिवसको अवसरमा शनिबार साँझ दिप प्रज्वलनसमेत गरिएको छ।

प्रकाशित मिति: : 2019-12-07 22:20:05

प्रतिकृया दिनुहोस्