बार्सिलोनालाई पन्छ्याउँदै रियल मड्रिड शिर्ष स्थानमा

तस्बिरः एजेन्सी

स्पेनीस लिग ला लिगामा रियल मड्रिडले शिर्ष स्थानमा उक्लिएको छ।

शनिबार भएको खेलमा रियलले स्पानियोललाई २–० गोलले पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको हो। सान्टियागो बेर्नाबेउमा भएको खेलमा घरेलु टोलि रियललाई जित दिलाउन राफायल भाराने र करिम बेन्जिमाले एक एक गोल गरे।

१० खेलाडी सिमित रियलले खेलको ३७ औं मिनेटमा नै अग्रता लिएको थियो। रियलका लागि भारानेले अग्रता दिलाएका हुन्। पहिलो हाफ १–० को अग्रता लिएको रियलले दोस्रो हाफमा थप एक गोल गर्यो।

खेलको ७९ औं मिनेटमा बेन्जिमाले अग्रता दोब्बर बनाए। तर,खेलको ८३ औं मिनेटमा रियल १० खेलाडीमा सिमित भयो। रियलका फेरल्याण्ड मेन्डिले रातो कार्ड पाए।

जितसँगै रियालले १५ खेलबाट ३४ अंक बनाएको छ। यता दोस्रो स्थानमा रहेको बार्सिलोना १४ खेलबाट ३१ अंकको साथ दोस्रो स्थानमा रहेको छ। यता सेभिल्ला १५ खेलबाट ३० अंक बनाउँदै लिगको तेस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-12-07 21:19:52

प्रतिकृया दिनुहोस्