एभर्टनसँग चेल्सीको लज्जास्पद हार

तस्बिरः एजेन्सी

चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा पराजित भएको छ ।

शनिबार भएको खेलमा चेल्सी एभर्टनसँग ३–१ गोल अन्तरले पराजित भएको हो। एभर्टनको जितमा डोमिनिक लेविनको दुई तथा रिचार्लीसनले एक गोल गरे। यता चेल्सीका लागि माटियो कोभासिसले एक गोल फर्काए।

खेलको पाँचौ मिनेटमा नै रिचार्लीसनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाए। पहिलो हाफ एक गोलको अग्रता लिएको एभर्टनले दोस्रो हाफमा थप दुई गोल गर्यो भने एक गोल फर्काए। ४९ औं मिनेटमा लेविनले गोल गर्दै एभर्टनलाई २–० को अग्रता दिलाए।

५२ औं मिनेटमा कोभासिसले गोल गर्दै चेल्सीलाई २–१ को स्थितिमा ल्याए। तर,खेलको ८४ औं मिनेटमा लेविनले व्यक्तिगत दोस्रो गोल गर्दै एभर्टनलाई ३–१ को जित दिलाए।

जितसँगै एभर्टनले १६ खेलमा १७ अंक जोडेको छ। एभर्टन १४ औं स्थानमा रहेको छ। १६ खेलमा २९ अंक जोडेको चेल्सी चौंथो स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-12-07 20:52:48

प्रतिकृया दिनुहोस्