वीरगञ्जमा प्लाष्टिकको प्रयोगलाई नियन्त्रण गराउन निबन्ध प्रतियोगिता

तस्बिर: बिएल

प्लास्टिक झोलाको प्रयोग र यसले पर्यावरणमा पार्ने असरका सम्बन्धमा बालबालिकालाई जागरुक गराउन वीरगञ्जमा निबन्ध प्रतियोगिता आयोजना गरिएको छ।

विभिन्न सचेतना मुलक कार्यक्रम गर्दै आएको वुमन क्रिएशन र फोरजी आर समुहको आयोजनामा तथा ग्रिनसिटी सामुदायिक केन्द्रको सहकार्यमा शनिबार निबन्ध लेखन प्रतियोगिता गराइएको समूहकी संयोजक नुतन सरवगीले बताइन्। उनले बढ्दो प्लाष्टिकको प्रयोगलाई नियन्त्रण गर्न स्कुलदेखी नै बालबालिकालाई सचेत गर्न प्रतियोगीताको आयोजना गरिएको जानकारी दिइन्।

बालबालिका विद्यालय जाने उमेरदेखी नै सही कुराको ज्ञान दिए उनीहरुले पछिसम्मकालागि त्यसप्रति ध्यान दिने सरावगीले बताइन्। प्लास्टिकको झोलाको प्रयोगको कारण पर्यावरणमा पार्ने असरको बिषयमा निबन्ध लेखन मार्फत आफ्नो अभिभावकलाई लगायत समुदायलाई सचेत गराउने सजिलो हुने उनको विश्वास छ।

प्रतियोगितामा वीरगञ्जका विभिन्न ९ वटा बिद्यालयका ६५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो।

बालबालिकाले निबन्ध मार्फत अगुवाहरुले प्लाष्टि नियन्त्रण गरिनुपर्छ भनेर सार्वजनिक रुपमा भन्ने तर व्यवहारमा लागु नगर्ने बताएका थिए। साथै आफैले पालना नगर्दा आफू जस्तै विद्यार्थीहरुलाई पनि निराशा तुल्याएको आफ्नो निबन्धमा उल्लेख गरेका थिए।

महानगरपालिकाका मेयर बिजय सरावगीले प्रतियोगितामा उत्कृष्ट निबन्ध लेख्ने तीन जना बालबालिकालाई पुरस्कार बितरण गरेका थिए। पुरस्कृत हुनेमा जी.एच.पी.माबिकी रोशनी पटेल प्रथम, डी.पी.एस. माबिकी रुद्रिका आनन्द द्वितिय र मनोकामना माबिकी प्रद्धुम्न कर्ण तृतिय रहेका छन्।

प्रकाशित मिति: : 2019-12-07 18:27:15

प्रतिकृया दिनुहोस्