स्वर्णकी बलियो दावेदार गौरिका चुकिन्

तस्बिर: बिएल

नेपाली पौडीबाज गौरिका सिंह १०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्न चुकेकी छन्। स्वर्णकी बलियो दावेदारका रुपमा हेरिएकी उनले रजत पदकमा चित्त बुझाउनुपर्‍यो।

शनिबार भएको प्रतिस्पर्धामा उनले निर्धारित दुरी १ मिनेट ०३.१५ सेकेण्डमा पूरा गरिन्।

भारतकी मन्ना राजिव पटेलले स्वर्ण जितिन्। उनले १ मिनेट ०२.३५ सेकेण्ड समयमा दूरी पूरा गरिन् ।

प्रकाशित मिति: : 2019-12-07 18:00:33

प्रतिकृया दिनुहोस्