पुरुष क्रिकेटमा माल्दिभ्सको पहिलो जित,भुटान ८ विकेटले पराजित

फाइल तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष क्रिकेटमा माल्दिभ्सले पहिलो जित दर्ता गर्ने गरेको छ।

शनिवार टियु मैदान किर्तिपुरमा भएको खेलमा भुटानलाई ८ विकेटले पराजित गर्दै माल्दिभ्सले पहिलो जित दर्ता गरेको हो। भुटानले दिएको ११८ रनको लक्ष्य माल्दिभ्सले १५.१ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।

माल्दिभ्सको जितमा उमर एडमले अविजित इनिंग खेल्ने क्रममा सर्वाधिक ३७ रन बनाए। यस्तै एहमद हसनले २९ तथा अज्यान फर्हाथले २२ रन बनाए।

यसअघि टस हारेर ब्याटिंग गरेको भुटानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११७ रन बनाएको थियो।

उसको लागि कप्तान जिग्मे सिंगेले सर्वा्धिक ४० रन बनाए भने सोनम तोब्गेले २४ रन तथा थिन्ले जम्त्सोले १९ रन बनाए।

माल्दिभ्स बलर इब्राहिम हसनले ३ विकेट लिए।

प्रकाशित मिति: : 2019-12-07 17:08:44

प्रतिकृया दिनुहोस्