महिला फुटबल: भारतसँग नेपाल फेरि पराजित

फाइल तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपाल पराजित भएको छ।

पोखरा रंगशालामा शनिबार भएको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो। यद्धपी नेपाल फाइनलमा पुगिसकेको छ।

भारतलाई जित दिलाउन बालादेबीले निर्णायक गोल गरिन्। उनले खेलको १८ औं मिनेटमा गोल गरेकी हुन्।

लिग चरणको अन्तिम खेलमा पराजित भएपनि नेपाल दोस्रो स्थानमा रहेर फाइनल पुगेको छ।

अब नेपालले स्वर्णको लागि फेरि भारतकै सामना गर्नेछ।

प्रकाशित मिति: : 2019-12-07 16:26:36

प्रतिकृया दिनुहोस्