महिलालाई स्वास्थ्य संस्थामा बन्धक बनाएर रातभर बलात्कार,एक स्वास्थ्यकर्मी पक्राउ

प्रतिकारत्मक तस्बिर

महिलालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा रौतहटमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन्। पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका सरूअठा स्वास्थ्य चौकीमा कार्यरत ४५ वर्षे सुधिरकुमार सिंह रहेका छन्।

महिलामाथि बलात्कार र यातना दिएको आरोपमा सिंहलाई शुक्रबार पक्राउ गरिएको हो। प्रहरीकाअनुसार मंसिर १७ गते रौतहट घुम्न पुगेकी चितवनकी एक ३० वर्षिया महिलालाई सिंहले बलात्कार गरेका हुन्। सिंहले चन्द्रनिगाहपूरबाट चितवनका लागि गाडी चढाइदिने बताए गौरबाट करिब १५ किलोमिटर टाढा आफू कार्यरत स्वास्थ्य संस्थामा ती महिलालाई बन्धक बनाएर रातभर बलात्कार गरेका थिए।

घटना भएको दुई दिनपछि ती महिलाले सिंहमाथि कारवाहीको माग गर्दै जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए।

सिंहविरुद्ध आइतबार मुद्दा दर्ता गरिने प्रनाउ कार्कीले बताए। जिल्ला अदालतबाट म्याद लिएर घटनाको थप अनुसन्धान सुरू गरिने उनले जानकारी दिए।

प्रकाशित मिति: : 2019-12-07 16:17:24

प्रतिकृया दिनुहोस्