माल्दिभ्सविरुद्ध नेपालः पहिलो हाफ १–१ गोलको बराबरी

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले अहिले माल्दिभ्ससँग प्रतिस्पर्धा गरिरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा पहिलो हाफसम्म नेपाल र माल्दिभ्स १–१ गोलको बराबरीमा रहेका छन्।

खेलको १७ औं मिनेटमा नेपालले गोल गोल खाएको थियो। नेपालका डिफेन्डरको गल्तिको मौका उठाउँदै इब्राहिम महुदिन हुसेनले माल्दिभ्सका लागि अग्रता दिलाए।

तर खेलको ४२ औं मिनेटमा नेपालले खेल बरारीमा ल्याएको छ। नेपालका लागि अभिषेक रिजालले खेलको ४२ औं मिनेटमा बराबरी गोल फर्काएका हुन्।

प्रकाशित मिति: : 2019-12-07 14:19:24

प्रतिकृया दिनुहोस्