टोक्यो ओलम्पिकका लागि नेपालबाट गौरिका र एलेक्जेन्डर छनोट

तस्बिर: बिएल

आउँदो वर्ष जापानमा हुने ओलम्पिकमा पौडीमा नेपालबाट गौरिका सिंह र एलेक्जेन्डर शाहले सहभागिता जनाउने भएका छन्।

पौडी संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार टोक्यो ओलम्पिकमा नेपालबाट २ जना खेलाडी सहभागिता जनाउन पाउने भएकाले गौरिका र शाहले खेल्ने बताए।

गएको जुलाईमा दक्षिण कोरियामा भएको १८ औं फिना च्याम्पियनसिपमा नेपालबाट गौरिका र सोफिया शाह तथा एलेक्जेन्डर शाह र शुभम श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए।

फिना च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा नेपालबाट टोक्यो ओलम्पिकमा गौरिका र एलेक्जेन्डरले खेल्ने भएका हुन्।

फिना विश्व च्याम्पियनसिपमा गौरिकालेगौरिकाले महिला १ सय मिटर फ्रिस्टाइल १ मिनेट ००:६२ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका १ मिनेट ००:७९ सेकेन्डको कीर्तिमानमा सुधार गरेकी थिइन। त्यस्तै २ सय मिटरको फ्रिस्टाइलमा २ मिनेट १३ दशमलव ०० सेकेण्डन्डको समय निकालेकी थिइन्।

 ९६ प्रतिस्पर्धी सहभागी उक्त स्पर्धामा गौरिका समग्रमा ६९ औं स्थानमा रहिन्।

एलेक्जेन्डरले १ सय मिटर फ्रिस्टाइलमा ५६ दशमलव २८ सेकेन्डको टाइमिङ निकालेका थिए। उनले २०१७ मा काठमाडौंमा भएको सातौं एनएस कप पौडीमा शिरीष गुरुङले बनाएको ५७ः८८ सेकेन्डको कीर्तिमान भंग गरेका थिए। एलेक्जेन्डरको स्पर्धामा १ सय २३ खेलाडीले प्रतिस्पर्धा गरेकोमा उनी १०२ औं स्थानमा रहेका थिए।

प्रकाशित मिति: : 2019-12-07 13:28:23

प्रतिकृया दिनुहोस्