महिलातर्फको म्याराथनमा पुष्पा भण्डारीलाई रजत

तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर महिलातर्फको म्याराथनमा नेपालकी पुष्पा भण्डारीले रजत जतेकी छन्।

शनिबार बिहान सात बजे दशरथ रंगशालाबाट सुरु भएको म्याराथनको निर्धारित दुरी भण्डारीले २ घण्टा ५० मिनेट ११ सेकेन्डमा पुरा गरिन्। यो स्पर्धामा श्रीलंकाकी हिरोनी केशाले स्वर्ण हात पारिन्। उनले उक्त दुरी २ घण्टा ४१ मिनेट २४ सेकेन्डमा पार गरेकी थिइन्।

यस्तै नेपालकी राजपुरा पछाई छैठौं स्थानमा रोकिइन्।

आजै भएको पुरुषतर्फको म्याराथनमा नेपालका किरणसिंह बोगटीले स्वर्ण जिते। निर्धारित दुरी बोगटीले २ घण्टा २१ मिनेट १७ सेकेन्डमा पुरा गरे।

म्याराथनमा नेपालका धावक बैकुण्ठ मानन्धरको नाममा कीर्तिमान रहेको छ। उनले सन् १९८७ को सागमा २ घण्टा १५ मिनेट ०३ सेकेण्डमा ४२ किलोमिटर दुरी पूरा गरेका थिए।

म्याराथनमा नेपालका पुरुषतर्फ ८ जना र महिलातर्फ ७ जना प्रतिस्पर्धी थिए।

प्रकाशित मिति: : 2019-12-07 09:59:22

प्रतिकृया दिनुहोस्