विष्फोटक पदार्थसहित विप्लवका एक कार्यकर्ता पक्राउ

तस्बिर: बिएल

संखुवासभाको पाँचखपन नगरपालिका–४ जलजलाको पोख्राङबाट विष्फोटक पदार्थसहित नेपाल कम्यूनिष्ट पार्टी विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा चैनपुर नगरपालिका–५ का यामप्रसाद गौतम रहेका छन्।

खुवासभाका प्रहरी प्रमुख डीएसपी मिम लामाका अनुसार पाँचखपन–८ जलजलाबाट पक्राउ गरेको गौतमका साथबाट बम बनाउन प्रयोग गरिने डेटोनेटर थान १३, नीओजेल लेखिएको लोला १५ थान , सेप्टी प्यूज ९.९५ मिटर, नन् ईलेक्ट्रिक डेटोनेटर थान ११, एकिकृत जनक्रान्ति लेखिएको किताब थान एक थान, विधान २०७३ लेखिएको थान एक थान, कालो डायरी थान एक थान र विभिन्न पुस्तकहरू र एक थान मोवाईल र दुई थान सिमकार्डसमेत फेला परेको छ।

 

प्रकाशित मिति: : 2019-12-07 09:19:49

प्रतिकृया दिनुहोस्