फिल्म ‘दि कर्मा’को अफिसियल टीजर सार्वजनिक,अभिनेत्री राणाको देखियो बोल्ड अवतार

तस्बिर:एजेन्सी

फिल्म ‘दि कर्मा’को अफिसियल टीजर सार्वजनिक भएको छ। टीजरमा अभिनेत्रीद्वय परमिता राज्यलक्ष्मी राणा र नीता ढुङ्गाना, करण वर्मा र बुद्धी तामाङ देखिएका छन्।

टिजरमा अभिनेत्री राणा बोल्ड अवतारमा समेत देखिएकी छन्।

देव कुमार श्रेष्ठ निर्देशित फिल्म ‘दि कर्मा’ मा अभिनेत्री नीता प्रहरी अफिसर र परमिता ‘लेडी डन’ को भूमिकामा रहेको टिजरबाट अनुमान गर्न सकिन्छ। जय राज राय निर्माता रहेको यो फिल्म नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा आधारित भएर निर्माण भएको बताइएको छ।

जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको बनेको फिल्मको कथा निर्माता जय राज आफैंले लेखेका हुन्। रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन्। ‘दि कर्मा’ को पटकथा तथा संवाद शुशील पोखरेलको हो।

 

प्रकाशित मिति: : 2019-12-06 13:10:53

प्रतिकृया दिनुहोस्