गौरिका र एलेक्सले बनाए राष्ट्रिय कीर्तिमान

फाइल तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालका दुई खेलाडीले राष्ट्रिय कीर्तिमान बनाएका छन्।

सातदोबाटोस्थित पौडी पोखरीमा शुक्रबार गौरिका सिंह र एलेक्जेन्डर शाहले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गरेकी हुन्।

महिला २ सय मिटर ब्रेस्टस्ट्रोकको हिट चरणमा गौरिकाले २ मिनेट ३४.१६ सेकेण्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाइन्।

गौरिकाले आठौं राष्ट्रिय खेलकुदमा बनाएको आफ्नै नाममा रहेको २ मिनेट ४१२५ सेकेण्डको कीर्तिमानमा सुधार गरिन्।

यस्तै पुरुष ५० मिटर फ्रिस्टाइलको हिट चरणमा एलेक्जेन्डरले २४.३९ सेकेण्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाए। उनले आठौ राष्ट्रिय खेलकुदमा आफ्नै नाममा रहेको २५.०६ सेकेण्डको कीर्तिमान भंग गरे।

प्रकाशित मिति: : 2019-12-06 12:08:54

प्रतिकृया दिनुहोस्