शुक्रबार र शनिबार उपत्यकाका यी रुटमा सवारी अवरुद्ध हुने

फाइल तस्बिर: बिएल

१३औँ दक्षिण एसियाली खेलकुदका कारण उपत्यकामा शुक्रबार र शनिबार सवारी विभिन्न रुटमा सवारी अवरुद्ध हुने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शुक्रबार कलंकीदेखि सातदोवाटो, हुदै सूर्यविनायकसम्मको सडकमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सवारी अवरुद्ध हुने भएको हो।

ट्राफिक प्रहरीले सागअन्तर्गत हुने साइक्लिङका खेलका कारण सवारी अवरुद्ध हुने भएकाले त्यसरुट भएर गुड्ने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। अत्यावश्यक सवारीबाहेक अन्य सवारी नचलाउन ट्राफिलक प्रहरीले अनुरोध गरेको छ ।

त्यसैगरी शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म सागको म्याराथन दौड प्रतियोगिताका सञ्चालन हुने भएकाले सो समयमा सम्बन्धित रुटमा सवारी अवरूद्ध हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

टेकु-कालिमाट-कलंकी-बल्खु-सातदोबाटो-कोटेश्वर-सल्लाघारी-सूर्यबिनायक हुँदै पुनः सल्लाघारी-कोटेश्वर-नयाँबानेश्वर-माइतीघर-सिंहदरबार-भद्रकाली-वीर अस्पताल-जमल-लौनचौर-उत्तर ढोका-नागपोखरी-जयनेपाल हल-संग्राहलय दक्षिण गेट-घण्टाघर-भद्रकाली-नागस्थान हुँदै रंगशालासम्म प्रतियोगिता हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले सूचनामा जानकारी दिएको छ।

१३औँ दक्षिण एसियाली खेलकुदका कारण उपत्यकामा शुक्रबार र शनिबार सवारी विभिन्न रुटमा सवारी अवरुद्ध हुने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शुक्रबार कलंकीदेखि सातदोवाटो, हुदै सूर्यविनायकसम्मको सडकमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सवारी अवरुद्ध हुने भएको हो।

ट्राफिक प्रहरीले सागअन्तर्गत हुने साइक्लिङका खेलका कारण सवारी अवरुद्ध हुने भएकाले त्यसरुट भएर गुड्ने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। अत्यावश्यक सवारीबाहेक अन्य सवारी नचलाउन ट्राफिलक प्रहरीले अनुरोध गरेको छ ।

त्यसैगरी शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म सागको म्याराथन दौड प्रतियोगिताका सञ्चालन हुने भएकाले सो समयमा सम्बन्धित रुटमा सवारी अवरूद्ध हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

टेकु-कालिमाटी-कलंकी-बल्खु-सातदोबाटो-कोटेश्वर-सल्लाघारी-सूर्यबिनायक हुँदै पुनः सल्लाघारी-कोटेश्वर-नयाँबानेश्वर-माइतीघर-सिंहदरबार-भद्रकाली-वीर अस्पताल-जमल-लौनचौर-उत्तर ढोका-नागपोखरी-जयनेपाल हल-संग्राहलय दक्षिण गेट-घण्टाघर-भद्रकाली-नागस्थान हुँदै रंगशालासम्म प्रतियोगिता हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले सूचनामा जानकारी दिएको छ।

प्रकाशित मिति: : 2019-12-06 12:04:01

प्रतिकृया दिनुहोस्