'भएआर'ले गोलको मान्यता नदिदाँ आर्सनल घरेलु मैदानमा पराजित

तस्बिर:एजेन्सी

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ।

बिहिबार राति भएको खेलमा आर्सनल ब्राईटोनसँग १–२ गोल अन्तरले पराजित भएको हो। ब्राईटोनको जितमा एडम वेबस्टर र नील मौपेले समान एक एक गोल गरे। यता आर्सनलका लागि अलेक्जेन्ड्रे लाकाजेटले एक गोल फर्काए।

ईमिरेट्स स्टेडियममा भएको खेलमा अग्रता भने ३६ औं मिनेटमा पाहुना टोली ब्राईटोनले वेबस्टरको गोलबाट लिएको थियो।

५० औं मिनेटमा लाकाजेटको गोलमार्फत घरेलु टोली आर्सनल खेलमा फर्किए। उनको यो गोलसँगै आर्सनलको जर्सीमा सय खेल पुरा गरे।

डेबिड लुईजले भली गोल गर्दै आर्सनललाई २–१ ले अघि बढाएका थिए। तर भएआरमा सो गोल अफसाईड हुन पुग्यो र रेफ्रीले मान्यता दिएनन् ।

मौपेले ८० औ मिनेटमा हेडमार्फत गोल गर्दै ब्राईटोनलाई जित दिलाए।

जितसँगै ब्राईटोन १८ अंक सहित १३ औ स्थानमा उक्लिएको छ। यता पराजित आर्सनल १९ अंकसहित तालिकाको दसौं स्थानमा छ।

प्रकाशित मिति: : 2019-12-06 08:19:07

प्रतिकृया दिनुहोस्