जेम्स बोन्डको अन्तिम सिनेमा 'नो टाइम टु डाइ'को यस्तो छ ट्रेलर

तस्बिर:एजेन्सी

जेम्स बोन्ड सिरिजको पछिल्लो सिनेमा नो टाइम टु डाइको ट्रेलर रिलिज भएको छ।

बिहीबार ट्रेलर रिलिज भएको हो। यसअघि बुधबार फिल्मको टिजर रिलिज गरिएको थियो।

सिनेमालाई क्यारी जोजी फुकुनागाले निर्देशन गरेका हुन्।

सिनेमामा ड्यानियल क्रेग पाँचौं पटक जेम्स बोन्ड बनेका छन्।

उनले जेम्स बोन्डका रूपमा यो आफ्नो अन्तिम सिनेमा हुने बताइसकेका छन्।

सिनेमामा क्रेगका अलावा रामी मलेक, जेफ्रे राइट, रालफ फेनिस तथा नाओमी ह्यारिसको अभिनय रहेको छ।

सिनेमा अप्रिल ३ मा रिलिज हुनेछ। विगतका सिनेमाले नै दर्शकमा आफ्नो बेग्लै छाप छोड्न सफल जेम्सको यो नयाँ सिनेमा प्रति पनि दर्शक निकै आशावादी छन्।

प्रकाशित मिति: : 2019-12-05 13:21:21

प्रतिकृया दिनुहोस्