अहिलेसम्म नेपालको स्वर्ण संख्या ३१, तालिकामा दोस्रो

स्वर्ण पदक जितेपछि लक्ष्मी मगर।

नेपालमा जारी १३ संस्करणको दक्षिण एसियाली खेलकुद, सागमा नेपालले अहिलेसम्म ३१ वटा स्वर्ण पदक जितेको छ। बुधबार सम्म २९ स्वर्ण जितेको नेपालले बिहिबार थप दुई स्वर्ण जितेको हो।

क्रस-कन्ट्री साइक्लिङमा लक्ष्मी मगर उसुमा निमा घर्तिमगरले स्वर्ण पदक जितेपछि नेपालले स्वर्ण पदकको सङ्ख्या ३१ पुगेको हो।

अहिलेसम्म नेपाल सागको पदक-तालिकामा दोस्रो स्थानमा छ। ३४ स्वर्ण जितेको भारत शीर्ष स्थानमा छ।

प्रकाशित मिति: : 2019-12-05 13:02:02

प्रतिकृया दिनुहोस्