भुटानविरुद्ध कप्तान ज्ञानेन्द्रको शतक

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अहिले भुटानसँग खेलिरहेको छ।

कीर्तिपुरथित टियु मैदानमा टस हारेको नेपालले ब्याटिङ गरिरहेको छ। र, भुटानविरुद्ध नेपालका कप्तान ज्ञानेन्द्र मल्लले शतक बनाएका छन्।

ज्ञानेन्द्रले ५३ बलमा शतक पुरा गरेका हुन्।

योसँगै कप्तान ज्ञानेन्द्र टी–ट्वान्टी अन्तराष्ट्रियमा शतक बनाउने दोस्रो नेपाली खेलाडी बनेका छन्। यस अघि टी–ट्वान्टी अन्तराष्ट्रियमा निवर्तमान कप्तान पारस खड्काले मात्र शतक बनाएका थिए ।

ज्ञानेन्द्र ५५ बलमा १०७ रन बनाएर आउट भए।

यसअघि खड्काले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए।

भुटानविरुद्धको खेल नेपालको लागि पहिलो घरेलु टी–ट्वान्टी अन्तराष्ट्रिय खेल हो।

यसअघि मंगलबार भएको पहिलो खेलमा नेपाल श्रीलंका यू–२३ संग पराजित भएको थियो। भुटान पनि आफ्नो पहिलो खेलमा श्रीलंका यू–२३ सँग पराजित भएको थियो।

प्रकाशित मिति: : 2019-12-05 10:56:37

प्रतिकृया दिनुहोस्