लागुऔषधसहित युवक पक्राउ

फाइल तस्बिर: बिएल

ठूलो परिमाणमा लागुऔषधसहित प्रहरीले महोत्तरीमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एकडारा गाउँपालिका–३ अमरपट्टीका २४ वर्षीय पप्पुकुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

सिमावर्ती भारतीय शहर भिठ्ठामोडबाट ज१२प.८३४ नं को मोटरसाइकलमा चढेर नेपाल आउने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जलेश्वर नपा– ६ स्थित सडकमा चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषधसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनको साथबाट प्रहरीले लागुऔषध प्रोमेथाजिन हाईड्रोक्लोराईड इन्जेक्सन २ एमएलको ९८ पिस, बुप्रेनोर्फिन इन्जेक्सन २ एमएलको १०० पिस, डाइजेपाम इन्जेक्शन २ एमएलको १०० पिस र इन्ट्राजेपाम ट्याब्लेट १० लेखिएको ९०० पिस बरामद गरेको जनाइएको छ।

प्रकाशित मिति: : 2019-12-04 16:34:42

प्रतिकृया दिनुहोस्