नवनिवार्चित प्रदेश सभा सदस्य विमला वलीले लिइन् सपथ

नवनिवार्चित प्रदेश सभा सदस्य विमला खत्री वलीले सपथ लिदैं। तस्बिर: बिएल

दाङ क्षेत्र नम्वर ३ (ख) बाट नवनिवार्चित प्रदेश सभा सदस्य विमला खत्री वलीले सपथ लिएकी छन् ।

बुधबार प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीले वलीलाई सपथ ग्रहण गराएका हुन् ।

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट वली गत मंसिर १४ गते भएको उपनिर्वाचनमा दाङ क्षेत्रनम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन्। उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशव आचार्यलाई हराएकी थिइन्।

प्रकाशित मिति: : 2019-12-04 16:07:42

प्रतिकृया दिनुहोस्