सिलिण्डर बम बिष्फोट गराएको आरोपमा एक जना पक्राउ

प्रतिकारत्मक तस्बिर

उदयपुरमा सिलिण्डर बम बिष्फोट गराएको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुर गाईघाट बजार बस्ने रुकुम मुसिकोट नगरपालिका–१४ घर भएका देहज भन्ने २१ वर्षीय हरि बहादुर बिष्ट रहेका छन्।

मंगलबार दिउँसो पक्राउ परेका बिष्टले गत भदौ २ गते त्रियुगा नगरपालिका–६ जलजलेस्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयको भवनमा सिलिण्डर बम बिष्फोट गराएको प्रहरीले दाबी गरेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले बिष्टलाई त्रियुगा नगरपालिका–३ बसपार्कबाट पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2019-12-04 15:18:27

प्रतिकृया दिनुहोस्