खो खोमा भारतसँग नेपाल पराजित,जित्याे ऐतिहासिक रजत

फाइल तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत बुधबार भएको फाइनलमा भारतसँग पराजित भएको नेपाली महिला खो-खो टोलीले ऐतिहासिक रजत पदक जितेको छ।

कीर्तिपुरस्थित नयाँ बजारको कभर्डहलमा भएको फाइनलमा नेपाल भारतसँग १७–५ ले पराजित भयो। तर, नेपालले पहिलो पटक खो खोमा रजत जितेको हो।

लिग कम नकआउट पद्धतिमा भएको प्रतियोगिताको समूह ‘ए’को विजेता बन्दै अन्तिम चारमा आइपुगेको थियो। सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै पहिलोपटक नेपाली टोलीले फाइनल यात्रा तय गरेको थियो।

महिलातर्फ बंगलादेशले कास्य जित्यो।

पुरुषतर्फ नेपालले कास्य पदक जितेको छ। नेपालले श्रीलंकालाई १३–७ ले हरायो।

प्रकाशित मिति: : 2019-12-04 14:22:33

प्रतिकृया दिनुहोस्