महिला हृयाण्डबलमा नेपालकाे विजयी सुरुवात, श्रीलंका २९-१९ गोलले पराजित

फाइल तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला हृयाण्डबल खेलमा नेपालले विजयी सुरुवात गरेको छ ।

पोखरा रंगशालास्थित हृयाण्डबल कोर्टमा भएको खेलमा नेपालले श्रीलंकालाई २९-१९ को फराकिलो गोलअन्तरले पराजित गरेको हो।

नेपालकाे जितमा उमा राईले सर्वाधिक ८ गोल गरिन्। कविता राईले ६, निशा राई र कल्पना वलीले समान ४-४ गोल गरे।

रञ्जना राईले २, बन्दना राई, शकुन्तला राई र रामकुमारी राईले समान १-१ गोल गरे।

महिला ह्यान्डबलको अर्को खेल नेपालले शुक्रबार बंगलादेशसँग खेल्ने छ। ह्यान्डबलमा भुटानबाहेक ६ देश सहभागी छन्।

प्रकाशित मिति: : 2019-12-04 11:34:57

प्रतिकृया दिनुहोस्