गम्भीर समस्यामा पनि टालटुले र अस्थायी समाधान खोज्ने हाम्रो चलिआएको परम्परा हो ।
कुनै समस्या देखिए समिति, आयोग गठन गरिदिने र तिनका सिफारिस आएपछि कारबाही गर्ने बहाना बनाउने र तत्कालका लागि विषयलाई सामसुम पार्ने तर उस्तै परे तिनले कामै नथाल्ने र थाले पनि तिनले बुझाएका प्रतिवेदन गोप्य राख्ने, थन्क्याउने र त्यसै गुपचुप पार्ने नियत हाम्रो विगतदेखिको अभ्यास हो ।