साविक विजेता सिटी लिगको दोस्रो स्थानमा

तस्बिरः एजेन्सी

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले सहज जित निकालेको छ।

मंगलबार राति भएको खेलमा सिटीले बर्नलीलाई ४–१ गोल अन्तरले पराजित गरेको हो। सिटीको जितमा ग्राबियल जिससले दुई तथा रोड्री र रियाद महरेजले समान एक एक गोल गरे। बर्नलीका लागि रोब्बी ब्राडीले एक गोल फर्काए।

बर्नलीको मैदानमा जिससको गोलबाट सिटीले २४ औं मिनेटमा अग्रता बनाएको थियो। ५० औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए।

खेलको ६८ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीको अग्रता ३–० को बनाए। ८७ औं मिनेटमा महरेजले गोल गर्दै सिटी ४–० ले अघि रह्यो।

तर खेलको ८९ औं मिनेटमा बर्नलीका ब्राडीले एक गोल फर्काएपनि सिटी ४–१ ले विजयी भयो ।

जितसँगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ। सिटीले १५ खेलमा ३२ अंक जोडेको छ। बर्नली ११ अंक जोडेर १८ औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-12-04 08:00:57

प्रतिकृया दिनुहोस्