कलैयामा दिउँसै ६ बर्षीया बालिका बलात्कृत

प्रतिकारत्मक तस्बिर

बारा जिल्ला सदरमुकाम कलैयामा मंगलबार दिउँसो एक बालिकाको बलात्कार भएको छ। कलैया उपमहानगगरपािलका वडा नं. ४ सुन्दर बस्तिटोल निवासी ६  बर्षीया बालिकाको बलात्कार भएको हो।

बालिकाको वीरगंजको नरायणी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि वीरगंज हेल्थ केयर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

बालिकाको अवस्था गम्भिर रहेको उपचारमा समलग्न एक चिकित्सकले जानकारी दिएका छन्। बालिका बलत्कारमा संलग्न अभियुक्तको खोजी भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-12-03 22:05:39

प्रतिकृया दिनुहोस्