तेक्वान्दोको ग्यारोगीमा वीरबहादुर महरालाई स्वर्ण

प्रतिकारत्मक तस्बिर

तेक्वान्दोको ग्यारोगीअन्तर्गत पुरुष ६८ केजी मुनि ताैला समूहमा नेपालका वीरबहादुर महराले स्वर्ण जितेका छन्।

सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको स्पर्धाको फाइनलमा वीरबहादुरले पाकिस्तानका मुहम्मद फहिमलाई ४१–३६ ले पराजित गर्दै स्वर्ण जिते। उनले भारतका पृथ्वीराज चौहानलाई ३२–२४ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए।

प्रकाशित मिति: : 2019-12-03 16:57:04

प्रतिकृया दिनुहोस्