तेक्वान्दोकी काजल श्रेष्ठलाई स्वर्ण

बिएल

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत ग्यारोगीतर्फ महिला ४६ केजी मुनि तौल समूहमा तेक्वान्दोकी काजल श्रेष्ठले स्वर्ण पदक जितेकी छिन्।

सातदोबाटोस्थित तेक्वान्दो हलमा काजलले पाकिस्तानकी सैयड सिद्रा बटुललाई ५०–१४ ले पराजित गर्दै स्वर्ण जितेकी हुन्। पहिलो दिन पुम्सेतर्फ दवदवा कायम गरेको तेक्वान्दोले कुल ७ स्वर्ण जितेको थियो।

मार्सल आर्ट्समा पहिलो दिन १४ पदका जितेको नेपालले दोस्रो दिन भने केहि कम पदक प्राप्त गरेको छ।

प्रकाशित मिति: : 2019-12-03 16:35:10

प्रतिकृया दिनुहोस्