सुतिरहेको अवस्थामा ट्याक्टरले कुल्चिदाँ एक जनाको मृत्यु

बिएल

गढीमाई दर्शन गर्न आएका एक दर्शनार्थीलाई ट्याक्टरले कुल्चिदाँ एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही जिल्ला बरहथवा नगरपालिका वडा नम्बर–५ का ६० बर्षिय राजा राय रहेका छन्।

गढीमाईको मन्दिर नजिकैको उत्तरपट्टीको पाकिङ्गस्थलमा मंगलवार बिहान १ बजे सपरिवार सुतिरहेको अवस्थामा अनटेष्ट लेखिएको बलवान ट्याक्टरले पछाडी गर्ने क्रममा टेलरको चक्काले रायको टाउको कुल्चदिाँ उनको घटनास्थलमा मृत्यु भएको बारा प्रहरी उपरीक्षक विकासराज खनालले बताए।

मृत्तक रायको शव पोष्टमार्टमका लागि गएराती नै जिल्ला अस्पताल कलैयामा ल्याइएको र ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक खनालले जनाए।

प्रकाशित मिति: : 2019-12-03 16:03:26

प्रतिकृया दिनुहोस्