श्रीलंकासँग नेपालकाे खेल सुरु, यी हुन् सुरुवाती ११ मा परेका खेलाडी

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबलको प्रतिस्पर्धा आज (मंगलबार) बाट सुरु हुँदैछ।

पोखरा रंगशालामा नेपालले पहिलो खेलमा श्रीलंकासँग खेल्दैछ । खेल बिहान १० बजे सुरु भएकाे छ।

श्रीलंकाविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । सागअन्तर्गत नेपालले श्रीलंकासँग आमनेसामने हुन लागेको यो पहिलो पटक भने होइन। ११ औं सागमा पहिलो पटक महिला फुटबलले प्रवेश पाएपछि नै यी २ देश परिचित प्रतिद्वन्द्वी बनेका छन्। तर, नेपालका लागि श्रीलंका बलियो प्रतिद्वन्द्वी भने मानिँदैन।

सागको १२ औं संस्करण भारतमा भएको थियो। भारतको गुवाहाटीमा भएको खेलमा नेपालले श्रीलंकालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको थियो।

यसअघिका संस्करणमा पनि श्रीलंकाले नेपालमाथि दबाब कायम राख्न सकेको छैन।

बंगलादेशको ढाकामा ११ औं संस्करणमा प्रवेश पाएको महिला फुटबल टोलीले त्यतिबेला पनि श्रीलंकालाई ८–० को फराकिलो अन्तरले पराजित गरेको थियो।

नेपालकाे टिम

एन्जिला सुब्बा, पुनम जर्गा मगर,अमृता जैशी, हिरा कुमारी भुजेल, रेनुका नगरकोटी, सावित्रा भण्डारी, अनिता बस्नेत, गीता राना, निरु थापा, अन्जली कुमारी वाइबा र दिपा राई

प्रकाशित मिति: : 2019-12-03 10:15:40

प्रतिकृया दिनुहोस्