१३ औं साग पुरुष क्रिकेट: टेष्ट राष्ट्र श्रीलंकाको यू–२३ टिमसँग भिड्दै नेपाल

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा आज नेपाली क्रिकेट टोलीले टेष्ट राष्ट्र श्रीलंकाको यू–२३ टिमसँग खेल्दै छ।

काठमाडौंको टियू मैदानमा हुने खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने हुनेछनन्। तर घरेलु मैदानमा हुने सागको लागि घोषणा टोलीमा इमर्जिङ कपमा नरहेका पुर्व कप्तान पारस खड्का छन्।

ओपनरको रुपमा पारस र कुशल भुर्तेल रहने छन्। दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, ज्ञानेन्द्र मल्ल, सन्दीप जोरा र विनोद भण्डारी ब्याट्सम्यानको रुपमा छन्।

सोमपाल कामी, करण केसी र पवन सरार्फ अलराउन्डरको भूमिकामा मैदान उत्रने छन्। योर्कर लागि अभिनास बोहोरा छन्। युवा खेलाडी तथा तीब्र गतिका बलर रशिद खान डेब्यूको पर्खाइमा छन्।

स्पिनरमा ललित नारायण राजवंशी र सुशन भारी छन्। युवा खेलाडीको बाहुल्यता रहेको नेपाली पुरुष टोली सन्तुलित र बलियो देखिन्छ।

सागमा नेपालसहित दुई टेष्ट राष्ट्र बंगलादेश र श्रीलंकाको यू२३ टोली, माल्दिभ्स र भुटान छन्। टि ट्वान्टी शैलीमा हुने खेलमा राउन्डरोविनको आधारमा लिग सकिएपछि शीर्ष दुई टोली स्वर्ण पदकको लागि भिड्ने छन्।

घरेलु मैदानमा हुने साग पुरुष क्रिकेट टोलीले स्वर्ण जित्न सके बिगतका दिनमा खराब प्रदर्शन गरेर आलोचित भएको टोलीको लोकप्रियता बढ्ने छ।

प्रकाशित मिति: : 2019-12-03 09:58:44

प्रतिकृया दिनुहोस्