प्रदेश नं १: अपाङ्गता भएका व्यक्तिको सङ्ख्या ९४ हजार ६४०

प्रतिकारत्मक तस्बिर

प्रदेश नं १ मा सबै किसिमका अपाङ्गता भएका व्यक्तिको सङ्ख्या ९४ हजार ६४० छ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल प्रदेश नं १ समितिद्वारा अपाङ्गता भएका व्यक्तिको २८औँ अन्तरराष्ट्रिय दिवसको अवसरमा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ मा कूल जनसङ्ख्या ४५ लाख ३४ हजार ९४३ रहेकामा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या दुई दशमलव शून्य आठ प्रतिशत रहेको जानकारी दिइएको छ। त्यसमा महिला ४२ हजार ६८१ र पुरुष ५१ हजार ९५९ छन्।

अपाङ्गता भएका व्यक्तिमध्ये ८१ दशमलव चार प्रतिशतको स्वास्थ्यावस्था अपाङ्गता नभएका व्यक्तिको तुलनामा निकै दयनीय छ। ती ६१ प्रतिशत विभिन्न प्रकारका मानसिक स्वास्थ्यसम्बन्धी समस्याका शिकार भएको तथा २४ प्रतिशत अपाङ्गता भएका व्यक्ति हिंसा र दुव्र्यवहारको शिकार हुने गरेको महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष पार्वता श्रेष्ठले बताए।

प्रदेश नं १ मा शारीरिक, दृष्टि, श्रवण, दृष्टिविहीन, स्वरबोलाई अपाङ्गता, मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता र बहुअपाङ्गताको तथ्याङ्क नियाल सबैभन्दा बढी मोरङमा १७ हजार ५३, झापामा १५ हजार ३७६, ताप्लेजुङमा तीन हजार ७३० र सोलुखुम्बुमा दुई हजार ६०९ छन्।

प्रकाशित मिति: : 2019-12-03 09:43:47

प्रतिकृया दिनुहोस्