डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रतिकारत्मक तस्बिर

डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१० बस्ने २४ वर्षीय शिवराज चौधरी रहेका छन्।

प्रहरीका अनुसार जिल्ला अदालत मोरङको २०७६ जेठ १३ गतेको फैसला अनुसार डाँका मुद्दामा ३० हजार रुपैयाँ जरिवाना र २ वर्ष ११ महिना ३ दिन कैद सजाय सुनाएपछि उनी फरार भएका थिए।

‘फैसला कार्यान्वयन फरार प्रतिवादी पक्राउ अभियान’ अन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो।

पक्राउ चौधरीलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत मोरङ पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रकाशित मिति: : 2019-12-02 18:27:12

प्रतिकृया दिनुहोस्