धुम्बराहीबाट लागूऔषध कारोबारी पक्राउ

प्रतिकारत्मक तस्बिर

काठमाडौं महानगरपालि–का ४ धुम्बराहीस्थित सडक किनारबाट एक जना लागूऔषध कारोवारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ रामनगर बस्ने गोरखा चुमनोबी गाउँपालिका–४ घर भएका ५६ वर्षीय ओडगेन लामा रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले लामालाई काठमाडौं धुम्बराहीबाट लागूऔषध एम्फेटामाईन (आईस) १ किलो २ सय २९ ग्राम, कोकिन ९० ग्राम र यावा ८ सय ८१ ट्याबलेट सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

साथै प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनको कोठा तलासी गर्दा कोठामा लुकाई छिपाई राखेको लागूऔषध एम्फेटामाईन १ किलो २ सय ग्राम, कोकिन ८६ ग्राम र यावा ७ सय १२ ट्याबलेट बरामद गरेको छ।

पक्राउ परेका ओडगेन लामा यसअघि २०६२ कात्तिक ७ गते ५६ केजी ४ सय ग्राम लागूऔषध चरेससहित पक्राउ परी लागूऔषध नियन्त्रण ब्यूरोबाट मुद्दा दर्ता भई २ वर्ष ६ महिना कैद भूक्तान गरेका व्यक्ति भएको र उनी भारतमा बसी नेपालको पूर्वी सिमानाका हुँदै काठमाडौंलाई केन्द्रीत गरी लागूऔषध कारोवार गर्ने मुख्य व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उक्त ब्यूरोले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2019-12-02 18:15:37

प्रतिकृया दिनुहोस्