गढीमाई मेलाबाट ४० जना पाकेटमारको गिरोह नियन्त्रणमा

फाइल तस्बिर: बिएल

बिश्व प्रसिद गढीमाई मेलाबाट बारा प्रहरीले ४० जना पाकेटमारको गिरोहलाई नियन्त्रणमा लिएको छ। मेलामा आन्तरीक तथा बाह्रय पर्यटकको भिड बढ्न थालेपछिअहिले चोरीको घटना पनि बढ्न थालेको बारा प्रहरीले जनाएको छ।

प्रहरीले सादा पोशाकमा निगरानी बढाएपछि सोमबार ४० जना पाकेटमारलाई प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक बिकास खनाले जानकारी दिए।

नियन्त्रणमा लिएको पाकेटमार समूहमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खनाले बताए।

प्रकाशित मिति: : 2019-12-02 17:08:29

प्रतिकृया दिनुहोस्