सागमा आयशाकाे तेस्राे स्वर्ण

तस्बिरः बिएल नेपाली सेवा

काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोकाे पुम्सेमा आयशा शाक्य र सञ्जिवकुमार ओझाको जोडीले अर्को स्वर्ण पदक जितेकाे छ।

आयशाले सञ्जिवकुमार ओझासँगको जोडीमा २९ वर्षमाथिको पुम्सेमा स्वर्ण पदक जितेकी हुन् । आयशा र सञ्जिवको जोडीले ८.१६० स्कोर गरेका थिए।

आयशा शाक्यले यसअघि २९ वर्ष माथिको पुम्सेमा स्वर्ण पदक जितेकी थिइन्। यसअघि उनले दशाैं सागमा समेत स्वर्ण पदक जितेकी थिइन्। उनकाे साग गेम्समा याे तेस्राे स्वर्ण हाे। 

 

प्रकाशित मिति: : 2019-12-02 16:42:43

प्रतिकृया दिनुहोस्