धरान नेपालकै वामपन्थीहरुको गढ मानिने ठाउँ हो । यो रेड एरिया हुनुका पछाडि केही कारणहरु थिए । र, केही कारणहरु अहिले पनि छन् ।
विसं. २०१५ सालको पहिलो नगरपालिका चुनावमा केदारनाथ खनाल पनि वामपन्थीबाटै जितेका हुन् । त्यसपछि पञ्चायतकालमा सूर्यप्रसाद उपाध्याय नगर प्रमुख भए, उनको पृष्ठभूमि पनि वामपन्थी नै हो ।