ब्याडमिन्टन : पुरुष टिममा नेपाललाई काँस्य

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा नेपालले काँस्य पदक जितेको छ।

पोखरा रंगशालाको कभर्डहलमा सोमबार भएको सेमिफाइनलमा नेपाल श्रीलंकासँग ३–१ को सेटमा पराजित हुँदै काँस्यमा सिमित बनेको हो।

नेपालका प्रिन्स दाहालले एकलमा श्रीलंकाका ससिन्धु करुणातिलकेलाई ३–१ को सेटमा हराए । प्रिन्सले २१–१८,१९–२१ र २१–१९ को जित निकाले।

रत्नजित तामाङ निशान पर करुणारत्नेसँग २–० तथा दिपेश धामी सचिन पर्मासनसँग २–१ को सेटमा पराजित भए।

डबल्समा दिपेश र रत्नजित श्रीलंकाका थरिन्दु र सचिनसँग २–० ले पराजित भए।

श्रीलंका फाइनल पुगेको छ। फाइनलमा श्रीलंकाले भारतसँग खेल्नेछ।

 

प्रकाशित मिति: : 2019-12-02 14:50:02

प्रतिकृया दिनुहोस्